Main
गण्डकीकी कांग्रेस सांसद विमला गौचनको निधन
२९ कात्तिक, पोखरा । गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ । उनको बुधबार राति काठमाडौंमा निधन भएको हो ।
बुधबार राति अस्वस्थ भएपछि ग्राण्डी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । म्याग्दी घर भएकी उनी गण्डकी प्रदेशमा नेपाली नेपाली कांग्रेसबाट समानुपातिक सांसद हुन् ।
केही दिन अघि उनी डेंगुबाट संक्रमित भएकी थिइन् । उनको मृत्युको कारण खुलेको छैन । परिवारका सदस्यले हृदयाघात भएको अनुमान गरेका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।