Main

गुल्मीमा वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरिने

५ कात्तिक, गुल्मी । गुल्मीमा वडामै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । नागरिकको सहजताको कात्तिक ८ गतेदेखि जिल्लामा वडा तहमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको हो ।

जिल्ला प्रशासन कार्यालय गुल्मीबाट वितरण गरिंदै आएको राष्ट्रिय परिचयपत्रलाई वडा तहबाटै लगेर वितरण गर्न लागिएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जनाएको छ ।

वडा तहमै गएर विवरण संकलन गरिएका राष्ट्रिय परिचयपत्र वडामै पुगेर वितरण गर्न लागिएको हो । गुल्मी जिल्लामा स्थानीय तहमा पुगेर एक लाख २९ हजार ३५९ जनाको विवरण संकलन भएको थियो ।

शिविरमार्फत राष्ट्रिय परिचयपत्र वितरण गर्नु पहिले पञ्जीकरण विभागको टोलीले गुल्मी जिल्लास्थित जनप्रनिधि सरोकारवालाहरुसँग छलफल समेत गरिएको थियो ।

जिल्लामा पहिलो चरणमा धुर्कोट, कालीगण्डकी, गुल्मीदरबार र इस्मा गाउँपालिकाका वडामा नै पुगेर कार्ड वितरण गर्न लागिएको राष्ट्रिय परिचयपत्र पञ्जीकरण विभाग व्यवस्थापन शाखाका निर्देशक तुलसीप्रसाद दाहालले बताए ।

उनले राष्ट्रिय परिचयपत्रको महत्वलगायत विभिन्न विषयमा जानकारी समेत गराएका थिए । जिल्लामा हालसम्म एक लाख ९४ हजार ४३२ जनाको विवरण संकलन भएको छ । त्यसमध्ये एक लाख ६४ हजार ४२३ जनाको कार्ड छपाई भएको छ । प्रशासन कार्यालयबाट हालसम्म पाँच हजार ४६१ जनालाई कार्ड वितरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले बताए ।

राष्ट्रिय परिचयपत्र ंिँदा पुनः जैविक विवरण चेकजाँच गरी वितरण गर्नुपर्ने भएकाले सम्बन्धित व्यक्तिले नागरिकता, राष्ट्रिय परिचयपत्रको लागि विवरण संकलन गर्दाको सक्कली रसिद अनिवार्य लिएर जानुपर्ने शर्माले बताए ।

राष्ट्रिय परिचयपत्र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा समावेश भएका नागरिकका जैविक र वैयक्तिक विवरणको आधारमा उत्पादन भएको वायोमेट्रिक सूचना र पृथक नम्बर सहितको प्रत्येक व्यक्तिलाई वितरण गरिने राष्ट्रिय पहिचाहन सहितको वायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाणपत्र हो ।

गुल्मी जिल्लामा राष्ट्रिय परिचयपत्र दर्ता संकलन २०७६ साल साउन ३२ गतेदेखि सुरु गरिएको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button