Main

गौशाला धर्मशालामा बोर्ड नराखी फर्कियो महानगरको टोली

२९ असोज, काठमाडौं। गौशाला धर्मशालामा बोर्ड राख्न गएको काठमाडौं महानगरपालिकाको टोली फर्किएको छ ।

महानगरले जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई पत्र लेखेर धर्मशाला सञ्चालन तथा व्यवस्थापनका लागि शान्ति सुरक्षासहित सहयोग माग गरेको थियो । लगतै नगर प्रहरीको टोली बोर्ड लिएर धर्मशालामा पुगेको थियो ।

तर माडवारी सेवा समितिका पदाधिकारीहरुले अघिल्लो पटक झै यसपटक पनि विरोध गरे ।

 स्थानीय प्रशासनले पनि सहमतिमै निकास खोज्न आग्रह गरेपछि नगर प्रहरी बोर्ड नराखी फर्किएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button