Main
जानकारीबिना शक्तिकेन्द्रलाई भेटे प्रहरीलाई कारबाही

२३ भदौ, काठमाडौं । जानकारी बिनै शक्तिकेन्द्रलाई भेटघाट गरेको पाइएमा प्रहरी अधिकारीहरुलाई काबारही गर्ने तयारी हेडक्वाटरले गरेको छ ।
प्रहरी प्रधान कार्यालयले एक परिपत्र गर्दै बिना जानकारी राजनैतिक नेताहरु तथा विभिन्न शक्तिकेन्द्रहरुलाई भेटघाट नगर्न निर्देशन दिएको छ ।
यसरी संगठनलाई जानकारी नै नदिई भेटघाट गरेको पाइएमा कारबाहीसम्म गरिने चेतावनी हेडक्वाटरले दिएको छ ।
विभिन्न सरुवा–बढुवाका शक्तिकेन्द्र धाउने र अनावश्यक चलखेल गर्ने गरेको भन्दै हेडक्वाटरले यस्तो निर्देशन दिइएको एक उच्च अधिकारीले बताए ।
यसअघि सशस्त्र प्रहरी हेडक्वाटरले पनि बिना जानकारी शक्तिकेन्द्रलाई भेटे कारबाही हुने भन्दै परिपत्र गरेको थियो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।