Main

जितियामा सांस्कृति भेषभूषामा थारू युवती (तस्वीरहरू)

९ असोज, काठमाडौं । तराइमा बसोबास गर्ने थारू महिलाहरुले आज जितिया पर्व मनाइरहेका छन्। पूर्वी झापादेखि पश्चिम नवलपरासीसम्मका थारू महिलालगायत तराइमा बसोबास गर्ने महिलाहरूले जितियाको व्रत लिएका छन् ।

काठमाडौं उपत्यकामा थारू महिलाहरूले तीन ठाउँमा जितिया महोत्सवको आयोजना गरे छन् । थारू महिला समाजले राष्ट्रिय नाँचघर जमल, थारू महिला सभाले पर्यटन बोर्ड भृकुटीमण्डप र थारु सां‌स्कृतिक विकास मञ्‍चले ललितपुरको कुप्णडोलमा एकै दिन जितिया महोत्सव आयोजना गरेका हुन।

राष्ट्रिय नाचघर जमलमा आयोजित जितिया महोत्सवमा थारू युवतीहरू पहिरनहरू लगाएर सहभागी भएका छन् । थारूहरुको पहिचानलाई प्रवर्द्धन गर्न लागि उनीहरूले पुर्वमा मोरङमा लगाउने थारू ड्रेस, सिरहा, सप्तरी र उदयपुरमा लगाउनु थारू पहिरन, चितवनमा लगाउने थारू परिहन, दाङ, देउखुरी, बर्दिया, कैलाली र कञ्‍चनपुरमा लगाउने थारू परिहन लगाएर सेल्फी खिचिरहेका देखिन्थे ।

हिजोदेखि सुरू भएको जितिया तीन दिनसम्म मनाइन्छ ।

हेर्नुहोस् तस्वीरहरू :  

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button