Main
झापाको निन्दा खोला नजिकको घारीमा नवजात शिशु फेला, उद्धार गरेर प्रहरीमा बुझाइयो
३० काठमाडौं । झापाका मेचीनगर नगरपालिका–१० निन्दा खोला नजिकैको घारीमा एक नवजात शिशु फेला परेका छन् ।
जिवितै अवस्थामा नजवात शिशु (छोरी) फेला परेपछि उद्दार गरेर इलाका प्रहरी कार्यालय धुलाबारीमा बुझाइएको छ । कमिलाले टोक्दै गरेको अवस्थामा रगत समेत आइरहेको उक्त शिशु कसको हो भन्ने पहिचान भइनसकेको झापाका डीएसपी कृष्ण चन्दले बताए ।
अहिले शिशुको अवस्थामा सामान्य रहेकाले कसको शिशु, कसले त्यहाँ राख्यो भन्नेबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।