Main
टप १० ब्रोकरमार्फत कति भयो किनबेच ?

६ साउन, काठमाडौं । आइतबार सेयर बजारमा कुल १५ अर्ब २३ करोड रुपैयाँको कारोबार भयो । यो कारोबारमा टप १० ब्रोकर कम्पनीले मात्रै करिब ३५ प्रतिशत अंश ओगटेका छन् ।
आइतबार यी ठूला १० ब्रोकर कम्पनीमार्फत ५ अर्ब ५३ करोडको धितोपत्र खरिद भएको छ भने ५ अर्ब १७ करोड रुपैयाँ बराबरको बिक्री भएको छ ।
यी टप १० ब्रोकर कम्पनीमध्ये यस दिन ६ कम्पनीको खरिद धेरै छ भने ४ कम्पनीको बिक्री धेरै छ । नासा, सनी, डायनामिक, अनलाइन, आर्यतारा र एबीसीमार्फत खरिद धेरै भएको छ भने अग्रवाल, दिपशिखा, इम्पेरियल र भिजनमार्फत बिक्री धेरै भएको छ ।
नासा सेक्युरिटिजमार्फत सबैभन्दा धेरै १ अर्ब २१ करोडको धितोपत्र खरिद हुँदा ८४ करोड २५ लाख रुपैयाँको बिक्री भएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।