Main
डीआईजीद्वय बुद्धिराज र केदारको एआईजीमा बढुवा सिफारिस
१४ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका दुई नायव महानिरीक्षक (डीआईजी)को एआईजीमा बढुवा सिफारिस भएको छ ।
गृह मन्त्रालयका सचिवको नेतृत्वमा रहेको बढुवा सिफारिस समितिले डीआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ढकाल प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा कार्यरत छन् । यो सिफारिसलाई मन्त्रिपरिषदले अनुमोदन गरेपछि उनीहरु एआईजीमा बढुवा हुनेछन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।