Main

‘तेल भिसा’ छायांकनलाई अमेरिका पुगे विपिन, दोहोरो भूमिकामा फिल्म खेल्दै

काठमाण्डौँ । शंकर घिमिरेले निर्माण तथा निर्देशन गर्न लागेको फिल्म ‘तेल भिसा’को छायांकनको लागि अभिनेता विपिन कार्की अमेरिका पुगेका छन् ।

पहिलो अमेरिका यात्राको क्रममा मेरिल्याण्ड राज्यमा पुगेका कार्कीलाई अभिनेत्री ऋचा घिमिरेले स्वागत गरिन् । विपिनसँगै निर्देशक घिमिरे र प्रमुख सहायक निर्देशक मछिन्द्र योंगा पनि अमेरिका पुगेका छन् ।

फिल्ममा विपिन र ऋचाको शीर्ष भूमिका हुनेछ । विपिन दोहोरो भूमिकामा देखिन लागेको जनाइएको छ । उनको अपोजिटमा गौरी मल्ल र बर्षा राउत दुवैजना देखिनेछन । सुटिङका लागि बर्षा केही दिनमा र गौरी अर्को साता अमेरिका पुग्दैछन ।

छायांकार सुसन प्रजापति भने केही दिन अघि नै बाल्टिमोरमा पुगिसकेका छन । निर्माण युनिटले दिएको जानकारीअनुसार अमेरिकामा बसोबास गर्ने विभिन्न देशका कलाकारको समेत सहभागितामा फिल्मको छायांकन सुरु हुनेछ ।

बैशाख २५ गतेदेखि एक महिनासम्म छायांकन चल्ने जनाइएको छ । मेरिल्याण्ड राज्यका विभिन्न शहरमा ७० प्रतिशत फिल्म खिचेर यूनिट बाँकीको छायाँकन पूरा गर्न नेपाल फर्किएर पूर्वी चितवन पुग्नेछ ।

अमेरिकामा आफूले झण्डै ४० दिन बिताउने विपिनले अनलाइनखबरलाई जानकारी दिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button