दाङमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, ६ घाइते

५ चैत, दाङ । दाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
दाङको बबई गाउँपालिका– १ भाँगोदुलास्थित गंगटेबाट तुलसीपुरतर्फ जाँदै गरेको लु १ ज १४२७ नम्बरको महिन्द्रा डीआई जिप साेमवार बिहान १० बजे दुर्घटना भएको हो । तुलसीपुर तर्फ जादै गर्दा उकालोमा चढ्न नसकी जीप आफै ब्याक भइ सडकबाट ३०–३५ मिटर तल खसेको थियो।
दुर्घटनामा परी घाइते भएका जिपमा सवार बबई गाउँपालिका १ बस्ने ४५ वर्षीय जित बुढाको उपचारकै क्रममा राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।
दुर्घटनामा जिप चालक ४७ वर्षीय लोकबहादुर राना, ५० वर्षीय जोकबहादुर बुढा गम्भिर घाइते भएका छन् । त्यस्तै १७ वर्षीया तारा सारु, ३२ वर्षीया संगिता बुढा, ४० वर्षीया बन्दना बुढा र सल्यान शारदा नगरपालिका ९ बस्ने ५० वर्षीया नन्दकली थापा पनि घाइते भएका छन् ।
उनीहरुको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।