Main
दीपेन्द्र के खनालले ‘हरिबहादुरको जुत्ता’ निर्देशन गर्ने, मुख्य भूमिकामा हरिवंश र प्रकाश सपुत

काठमाडौं । दीपेन्द्र के खनालको निर्देशनमा फिल्म ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ । बुधबार चलचित्र विकास बोर्डमा यो शीर्षकमा फिल्म दर्ता भएको छ ।
हरिवंश आचार्य, प्रकाश सपुत र बालकृष्ण ओलीको प्रमुख भूमिका रहने बताइएको फिल्मलाई हरिवंश आचार्यका छोरा मोहितवंश र पुण्यप्रसाद ओलीले निर्माण गर्न लागेका हुन् ।
यो फिल्म एसएम मोसन पिक्चर्सको ब्यानरमा बन्न लागेको हो । फिल्मको बजेट एक करोड ५० लाख रुपैयाँ उल्लेख छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।