Main

दीपेन्द्र र कुशल टी-२० मा फर्किए, गुलशन बेन्चमा

१२ असोज, काठमाडौं – नेपालले त्रिकोणात्मक टी२० आई सिरिज अन्तर्गत पहिलो खेलमा घरेलु टोली क्यानडाविरुद्ध टस जितेको छ । किग सिटीमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र कुशल भुर्तेललाई टोलीमा फर्काएको छ । आरिफ शेख, भीम सार्की, अर्जुन साउद, गुलशन झा र ललित राजवंशी बेन्चमा छन् ।

आईसीसी विश्वकप लिग २ मा मौका नपाएका देव खनाल र रिजन ढकालले आज खेल्ने मौका पाएका छन् । टी२० आईमा देव र रिजन दुबैको डेब्यू हो ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख, कुशल भुर्तेल, अनिल साह, रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, रिजन ढकाल, सन्दीप लामिछाने र देव खनाल ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button