Main

धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि भोलि अन्तर्वार्ता

१ असार, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि सर्टलिस्ट भएका उम्मेदवारहरुको व्यवसायिक कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ता असार २ गते तोकिएको छ ।

असार २ गते विहान ९ बजेदेखि राष्ट्रिय सभागृहको सभाहल सञचालन हुने अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले एक सूचना निकालेर जानकारी दिएको छ ।

सरकारले गत माघमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठको अध्यक्षतामा धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समिति गठन गरेको थियो । समितिमा अर्थ मन्त्रालयका सचिव र व्यवस्थापन विषयका प्राध्यापक उदय निरौला सदस्य छन् ।

समितिले २५ चैतमा धितोपत्र बोर्डको अध्यक्षका लागि डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्जका कृष्णबहादुर कार्की, तत्कालीन बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं र सन्तोष श्रेष्ठको नाम संक्षिप्त सूचीमा राखेको थियो ।

तर उनीहरुको प्रस्तुतिकरण र अन्तर्वार्ता हुन सकेको थिएन । गत २० पुसमा बोर्डका तत्कालीन अध्यक्ष रमेश हमालको पदावधि सकिएपछि बोर्ड अध्यक्षविहीन छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button