Main

नगर विकास कोषको कार्यकारी निर्देशकमा पण्डित नियुक्त

९ मंसिर, काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको नगर विकास कोषको कार्यकारी निर्देशकमा इञ्जिनियर विनोद पण्डित नियुक्त भएका छन् ।

विकास कोषको कार्यकारी निर्देशकले आजै पण्डितले कार्यभार सम्हालेका हुन् ।

नगर विकास कोष कार्यकारी निर्देशक छनौट समितिले चितवनका पण्डितको नाम सिफारिस गरेको थियो । सोही अनुसार पण्डित नियुक्त भएका हुन् ।

पण्डित नेपाल इन्जिनियर्स एसोसियसनका महासचिव समेत हुन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button