Main

नागार्जुनको कल्लाबारी सयपत्रीले पहेँलपुर (तस्वीरहरु)

१३ कात्तिक, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–६, कल्लाबारी सयपत्री फूलले पहेँलपुर बनेको छ । तिहारलाई लक्षित गरी व्यावसायिक रुपमा लगाइएका फूल ढकमक्क फुलेसँगै कल्लाबारी पहेँलै बनेको हो ।

तिहार नजिकिएसँगै फूल खेती गरेका व्यवसायीलाई अहिले सयपत्री खेती गरेका किसानलाई फूल टिप्न र माला उन्न भ्याइनभ्याइ छन् । किसानहरु बिहानैदेखि बारीमा गएर फूल टिप्न र उन्न व्यस्त छन् ।

सरकारले बजारमा आयातित प्लास्टिकका फूलमाला निषेध गरेपछि केही वर्षयता व्यावसायिक रुपमै फूल खेती गर्नेको संख्या बढेको छ । तिहारमा भाइटीका लगायतमा सयपत्री, मखमली लगायतको माला लगाउने चलन रहेकाले पनि योबेला सयपत्री फूलको मालाको माग व्यापक छ ।

चाडपर्वबाहेक पनि हरेक शुभ कार्यदेखि मृत्यु संस्कारमा समेत सयपत्री फूल प्रयोग हुने भएकाले किसानहरु यसतर्फ आकर्षित भएका हुन् ।

थप तस्वीरहरु :

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button