Main

नाथम हस्पिटालिटी कप इन्डोर क्रिकेट हुने

२६ पुस, काठमाडौं ।  नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको आयोजनामा २९ पुस देखि ४ माघसम्म नाथम हस्पिटालिटी कप इन्डोर क्रिकेट प्रतियोगिता हुने भएको छ ।

नाथममा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको लागि प्रतिष्ठानले खोलेको विभिन्न क्लबहरु मध्ये हेल्थ एन्ड स्पोट्र्स र आइटी मिडिया क्लबले गोल्फुटारमा रहेको रोयल इन्डोर क्रिकेटमा पाँच दिने प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रतियोगितामा उपत्यकाका १६ कलेजले सहभागिता जनाउने क्लबका अध्यक्ष रजतविक्रम कार्कीले जानकारी दिएका छन् ।

प्रतियोगिताबाट विभिन्न कलेजसँगको सम्बन्ध राम्रो हुने र खेलाडीबीच भाइचारा हुने कार्कीले बताए । प्रतियोगिताको विजेताले ७० हजार रुपैयाँ प्राप्त गर्ने छ । यसैगरी दोस्रो हुने टोलीले ३५ हजार रुपैयाँ हात पार्ने नाथमका डम्बर भट्टले बताए ।

पहिलो हुने टोलीलाई मकवानपुरस्थित टिस्टुङमा रहेको एक रिसोर्टमा र दोस्रो हुने टोलीलाई चित्लाङ अर्गानिक भिलेजमा एक रात लजिङ फ्रिको व्यवस्था रहेको भट्टले बताएका छन् ।

प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उत्कृष्ट खेलाडीलाई समेत विशेष पुरस्कारको व्यवस्था छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button