Main

निशानले एकैपटक ९ हजार कर्मचारी कटौती गर्दै

२३ कात्तिक, काठमाडौं। जापानी कार निर्माता कम्पनी निशानले एकैपटक ९ हजार कर्मचारी कटौती गर्ने भएको छ ।

कर्मचारी कटौतीको कारणमा निसाले चीन र अमेरिकामा बिक्री घटिरहेको र विश्वव्यापी रूपमा कार उत्पादनमा समस्या देखिएको उल्लेख गरेको छ ।

कम्पनीलाई उद्धृत गर्दै बीबीसीले विश्वव्यापी रूपमा कम्पनीको उत्पादन करिब पाँच प्रतिशतले घटेको उल्लेख गरेको छ।

निसानका प्रमुख कार्यकारी अधिकृत माकोतो उचिडाका अनुसार यी निर्णयहरू गर्नुको अर्थ कम्पनी आफैं संकुचित हुँदैछ भन्ने नभएको स्पष्ट पारेकी छन् ।

उनले भनेकी छन्, ‘निसानले आफ्नो व्यवसाय बढाउन र चुनौती सामना गर्ने क्षमता बढाउनका लागि पुनर्संरचना सुरु गर्नेछ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button