Main

नेत्रहीन क्रिकेट विश्वकपको पहिलो खेलमा नेपाल पराजित

८ मंसिर, काठमाडौं । पाकिस्तानमा शनिबारदेखि सुरू भएको नेत्रहीन क्रिकेट विश्वकपको पहिलो खेलमा नेपाल पराजित भएको छ ।

नेपाल श्रीलंकासँग ७० रनले पराजित भएको हो । श्रीलंकाले दिएको १९६ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो । नेपालका लागि दुर्गादत्त पौडेलले सर्वाधिक २४ रन बनाए ।

श्रीलंकाका निपुना कविन्दा र दमिथ सन्दरुवानले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो । श्रीलंकाका दमिथ सन्दरुवानले ६६ बलमा अविजित १०० रन बनाए ।

नेपालका सुनिल रानामगरले १ विकेट लिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button