Main

‘नेपाल फेसन फेस्टिभल’ जेठ ११ देखि १३ गतेसम्म सानेपामा

काठमाडौं । ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण गर्दै’ भन्ने नाराका साथ जेठ ११ गतेदेखि १३ गतेसम्म ललितपुरमा तीन दिने नेपाल फेसन फेस्टिभल २०२४ आयोजना हुने भएको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलन आयोजक संस्थाक बिजनेस नेटवर्क प्लाटफर्म फेसन नेटवर्क नेपाल (एफएनएन)ले सो जानकारी दिएको हो । सानेपास्थित हेरिटेज गार्डेनमा उक्त मितिमा बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म फेस्टिभल संचालन हुने जनाइएको छ ।

संस्थाका संस्थापक अध्यक्ष प्रशान्त ताम्राकारले मुलुकको फेसन उद्योगका सबै सरोकार निकायलाई सशक्तीकरण तुल्याउने, उनीहरु फस्टाउन सक्ने पारदर्शी र सहयोगी फेसन उद्योगको निर्माण गर्ने उद्देश्यले फेस्टिभल गर्न लागिएको जनाए ।

आयोजक संस्थाका संस्थापक निर्देशक शेखर राज कशजुले रचनात्मकता, नवप्रवर्तन र प्रेरणाको जीवन्त प्रदर्शन गर्ने थलो बनाउने उद्देश्यले फेस्टिभल गर्न लागिएको बताए । यो फेस्टिभल फेसन, ब्यूटी, लाइफ स्टायल र आर्टको समिश्रण हुने उनको भनाई छ ।

फेस्टिभलमा पञ्च एण्ड सन्स ज्वेलरी, परि कस्मेटिक्स, रिजभल, नमूना फेसन कलेज, आईआईएफटी, पिके मार्केटिङ प्रालि, इन्टा अटायर, आवरण स्किन क्लिनिक, बप्दावा, एसएस फेसन एण्ड क्राफ्ट, हेल्दी च्वाइस, प्रमानी फेसन हाउस, राष्ट्रिय पोशाक घर, श्रीकेश हेयर ओयल, एलआईएम कलेजरएएलसीका स्टलहरु रहने भएको छ ।

त्यस्तै, गुर्खा वाच, अमृता क्राफ्ट, ज्वाला राज डिजाइन, त्रिकाया, बहुबेटी फेब्रिक सेन्टर, लोगो, जुजु, मेकअप दरबार, सुट स्टुडियो, लाली, काया कलेक्सन, अर्को नेपाल, याभी, डिभाइन जेवेल्स, अस्तित्व नेपाल, साबाह नेपाल, बिआइएले पनि फेस्टिभलमा स्टल राख्ने छन् ।

महोत्सवमा अल्लो फेब्रिक्स, काठमाडौं फेब्रिक्स, चियाङ माइ, अंकित फेब्रिक्स, जानिचि कस्मेटिक्स, शमा पस्मिना, न्यू मीउ, केश यूनिसेक्स सलून, स्कूल अफ ब्यूटिसियन आईटिसी, फेडेरेसन अफ ह्याण्डी क्राफ्ट एसोसिएसन्स अफ नेपाल (एफएचएएन), जेबिजी बेसपोकले पनि स्टल सजाउने छन् ।

महोत्सव क्रममा नेपाली फेसन उद्योगको वरपर रहेर हरेक दिन दुई वटा प्यानल डिस्कन कार्यक्रम सञ्चालन हुनेछ, जहाँ फेसन उद्योगका समस्या, सम्भावना र चुनौतीका बारेमा सम्बन्धित क्षेत्रका विज्ञबीच विचारको मन्थन हुनेछ । महोत्सव अवधिभर ६ वटा प्यानल डिस्कसन हुनेछ ।

फेसनसँग सम्बन्धित कार्यशाला र मास्टर क्लास पनि संचालन हुनेछन् । फेसन भन्ने बित्तिकै ग्ल्यामर फोटोग्राफी पनि जोडिएर आउने भएकाले फेसन फोटो प्रदर्शनीसमेत आयोजना हुँदैछ । अनुभवी पाँचजना फेसन फोटोग्राफरले खिचेका उत्कृष्ट फेसन फोटोग्राफीको प्रदर्शन गरिने छ ।

महोत्सवमा फेसन फिल्म सोकेस समेत समावेश छ, जहाँ फेसन भिडियोग्राफी सोकेस गरिनेछ । हरेक साँझ फेसन रनवे आयोजना हुनेछ, जहा महोत्सवमै सहभागिता जनाएका बुटिक, फेब्रिक, फेसन डिजाइनरका पहिरन सोकेस गरिने छ । फेसन शोमा क्याटवाक गर्ने मोडल केही समयअघि अडिसनमार्फत छनोट भैसकेका छन् ।

शोमा क्याटवाक गर्दै नेपालका स्थापित डिजाइनरले तयार पारेका पहिरन प्रदर्शन गर्नका लागि केही दर्जन नयाँ मोडललाई आयोजक संस्थाले पहिलो पटक र्‍याम्पमा प्रस्तुत गर्दैछ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button