Main

नेपालका लागि पाँचौ विकेट लिए कप्तान रोहितले

२५ माघ, काठमाडौं । क्यानडाविरुद्ध नेपालका लागि कप्तान रोहितकुमार पौडेलले पाँचौ विकेट लिएका छन् ।

श्रेयास मोभ्भालाई कप्तान पौडेलले सोमपाल कामीबाट क्याच आउट गराएका हुन् । कप्तान पौडेलको व्यक्तिगत दोस्रो विकेट हो ।

२२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ३८ ओभरमा १८९ रन बनाएको छ ।

यसअघि कुशल मल्ल, सोमपाल कामी र रिजन ढकालले एक एक विकेट लिएका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button