Main

नेपालगञ्ज म्याराथनको दशक उत्सवमा रात्रि दौड

१० भदौ, काठमाडौं । नेपालगञ्ज म्याराथनको १० औं संस्करणमा रात्रिकालीन दौड हुने भएको छ । प्रतियोगिताको प्रि–इभेन्टका रुपमा १० किमी रात्रिदौड हुन लागेको आयोजकले जनाएको छ ।

आयोजक क्रियटिभ ह्यान्ड्सले रात्रिकालीन दौड असोज ३ गते (संविधान दिवस) राति हुनेछ । राति ९ बजे बीपीचोकबाट सुरु हुने दौड एसोसियसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स)बाट प्रमाणीकरण रुटमा हुने आयोजकको भनाइ छ ।

आयोजक क्रियटिभ ह्यान्ड्सले धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणमा रात्रिदौडसँगै अन्य विभिन्न १० इभेन्ट पनि हुने जानकारी दिएको छ । प्रतियोगिता मंसिर २२ गतेदेखि हुनेछ । प्रतियोगिताका लागि भदौ १ गतेदेखि नाम दर्ता भइरहेको छ ।

पहिलोपटक आयोजना हुनलागेको हुँदा नाइट रनमा व्यवसायिक र कम्तिमा ५ किमी दौडको अनुभव भएका धावक–धाविकालाई मात्र सहभागी गराइने आयोजकको तयारी छ । पुरुष, महिला र भेट्रानतर्फ स्पर्धा गराइने छ ।

पुरुष र महिलातर्फका शीर्ष तीन जनाले क्रमशः नगद २५ हजार, १५ हजार र दश हजार नगदले पुरस्कृत गरिनेछ । भेट्रानतर्फ १५ हजार, १० हजार र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

‘रात्रीकालीन दौड भिन्दै प्रकृतिको भएको हुँदा आयोजकले बिशेष व्यवस्थापन, तयारी र सुरक्षा प्रबन्ध मिलाएको छ’, आयोजकले प्रेस विज्ञप्तिमार्फत भनेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button