Main

पुरनको आक्रामक ब्याटिङमा वेष्टइन्डिजले दियो अफगानिस्तानलाई २१९ रनको लक्ष्य

४ असार, काठमाडौं । टी-२० विश्वकप २०२४ मा समूह चरणको आफ्नो अन्तिम खेलमा वेष्टइन्डिजले अफगानिस्तानलाई २१८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको वेष्टइन्डिजले निकोलस पुरनको आक्रामक ब्याटिङमा २१९  रन बनाएको हो ।

पुरणले  ५३ बलमा ९८ रनको आक्रामक इनिङ खेले । जोनसन चार्ल्सले २७ बलमा ४३, शाई होपले १७ बलमा २५, रोभम्यान पावेलले १५ बलमा २६ रन बनाए ।

अफगानिस्तानका गुलबदिन नाबीले २ तथा नवीन उल हक र फजलहक फारुकीले एक/एक विकेट लिए ।

जारी विश्वकपमा २१९ को लक्ष्य तथा पुरणको ९८ रन नै उच्च रन हो ।

समूह सीबाट अफगानिस्तान र वेष्टइन्डिज दुवै अपराजित हुँदै सुपर-८ मा पुगिसकेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button