Main
पृथक रिमालले जिते ‘हेटौंडा एकेडेमी सिंगिङ स्टार’को उपाधि

काठमाडौं । ‘हेटौंडा एकेडेमी सिंगिङ स्टार’ को उपाधि पृथक रिमालले जितेका छन् । फाइनलमा पुगेका १० जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेका हुन् ।
हेटौंडा उपमहानगरपालिका-११ मा रहेको हेटौंडा एकेडेमी आवासीय माध्यमिक विद्यालयले आफ्नो रजत जयन्तीको अवसर पारेर गायन प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगितामा रोशना विष्ट दोस्रो भइन् भने कृतज्ञ सापकोटा तेस्रो भए ।
प्रतियोगितामा विजयी भएका विद्यार्थीलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा ४ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीहरुले भाग लिएका थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।