Main

प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी नियुक्त

१८ जेठ, काठमाडौं । प्रतिनिधि सभाको सचिवमा पूर्वसचिव सुरेश अधिकारी नियुक्त भएका छन् ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाको सचिवमा अधिकारीलाई नियुक्त गरेका हुन् ।

सभामुख देवराज घिमिरेले पूर्वसचिव अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गर्न सिफारिस गरेका थिए ।

प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेयप्रतिनिधि सभाको महासचिव भएपछि सचिव पद रिक्त थियो ।

हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति :

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button