Main
प्रधानमन्त्रीसँग अमेरिकी राजदुतको भेटवार्ता
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदुत डीन आर थम्पसनले भेटवार्ता गरेका छन्।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल र अमेरिकाबीचको ७७ बर्ष लामो जीवन्त साझेदारीको विषयमा छलफल भएको राजदुत थम्पसनले जानकारी दिएका छन्।
उनले अमेरिका नेपाल र अमेरिकाबीचको सहयोगलाई सुदृढ बनाउन नयाँ सरकारसँग काम गर्न तत्पर रहेको उनले बताएका छन्।
– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।