MainSports

फिफा वरीयतामा पोर्चुगल र स्पेन बढुवा, क्रोएसिया घटुवा

विश्व फूटबल महासंघ (फिफा)को वरीयतामा पोर्चुगल र स्पेन बढुवा हुँदा गत वर्षको विश्वकपमा तेस्रो स्थान हासिल गरेको क्रोएसिया भने घटुवा भएको छ ।

बिहीवार सार्वजनिक भएको वरीयतामा पोर्चुगल र स्पेन २–२ स्थान छलाङ मार्दै क्रमशः छैटौँ र आठौँ स्थानमा उक्लिएका छन् ।
क्रोएसिया भने २ स्थान घटुवा हुँदै वरीयताको १० औँ स्थानमा पुगेको छ । 

वरीयताको पहिलो स्थानमा विश्वविजेता अर्जेन्टिना, दोस्रोमा फ्रान्स, तेस्रोमा ब्राजिल, चौथोमा इंग्ल्यान्ड र पाँचौमा बेल्जियम कायमै छन् । यस्तै सातौंमा नेदरल्यान्ड्स र नवौँमा इटाली यथावत रहेका छन् ।

उता वरीयतामा नेपालले २ स्थान सुधार गरेको छ । यसअघि १७५ औँ स्थानमा रहेको नेपाल विश्वकप छनोटको दोस्रो चरणमा पुगेसँगै १७३ औँ स्थानमा पुगेको छ ।  – लोकान्तर

Portugal, which in the previous update had already moved up one position, to eighth, once again gained ground in the world hierarchy, overtaking Croatia and the Netherlands.

The victories achieved in the qualifying phase for the 2024 European Championship, against Slovakia, 3-2, and against Bosnia-Herzegovina, 5-0, left the national team only behind Argentina, France (second place), Brazil (third), England (fourth) and Belgium (fifth).

Related Articles

Back to top button