Main

फिल्म निर्माणमा हरिवंश आचार्य र दीपकराज गिरीको सहकार्य पक्का

काठमाडौँ । महसञ्चार र आमा सरस्वती मुभिजले फिल्म निर्माणमा सहकार्य गर्ने भएका छन् । आफूहरुबीच फिल्म बनाउनेबारे सहमति जुटेको हरिवंश आचार्य र दीपकराज गिरीले अनलाइनखबरलाई जानकारी दिए ।

सामाजिक कथावस्तु र कमेडी जनरामा बन्न लागेको यो फिल्म निकट भविष्यमै निर्माण हुने उनीहरु बताए । ‘हामीहरुबीच फिल्म बनाउने तयारी छ । हामी जतिसक्दो चाँडो यो फिल्मका लागि जुट्नेछौं,’ हरिवंशले भने ।

दीपकले पनि फिल्ममा आफू र हरिवंशको शीर्ष भूमिका हुने जानकारी दिए । दीपकका अनुसार यो फिल्मलाई ब्यानर बाहिरका निर्देशकले निर्देशन गर्नेछन् ।

महसञ्चार र आमा सरस्वती मुभिजको सहकार्यमा बन्ने फिल्मबारे उनीहरुले विस्तृत खुलाएका छैनन् । दीपक यतिबेला ‘छक्कापञ्जा ५’ निर्माणको अन्तिम तयारीमा छन् भने हरिवंशसँग कम्तीमा दुई फिल्मको लाइनअप छ ।

हरिवंश अभिनित ‘महाजात्रा’ चैत ९ मा रिलिज तयारीमा छ भने ‘भूठान’ पोस्ट प्रोडक्सन छ । दीपकले २०८१ सालमा तीन फिल्म ल्याउने जसमध्ये दुर्ईवटा ब्यानरबाहिरको हुने बताएका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button