Main

फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त

१ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय फुटसल टोलीको मुख्य प्रशिक्षकमा विक्रम महर्जन नियुक्त भएका छन् ।

बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फा महासचिव किरण राईले मुख्य प्रहिक्षक महर्जनलाई नियुक्तिपत्र हस्तान्तरण गरे ।

त्यस्तै टिमको सहायक प्रशिक्षकमा सुमितकुमार आले र टिम म्यानेजरमा राज महर्जन नियुक्त भएका छन् ।

सहायक प्रशिक्षक आले र टिम म्यानेजर महर्जनलाई पनि नियुक्तिपत्र हस्तान्तरण गरिएको छ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button