Main

बजेट घोषणापछि सेयर बजार घट्यो, नेप्से २१ सय अंकमुनि

१६ जेठ, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि बजेट घोषणा गरेको भोलिपल्ट सेयर बजार घटेको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा आज २३.८१ अंक (१.१२ प्रतिशत) घटेको हो ।

नेप्से परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ३ अर्ब ८९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५७ करोडको भयो । कुल ५६ कम्पनीको मूल्य बढ्दा १९१ को घट्यो । उत्पादन समूहको सूचक सबैभन्दा धेरै २.६८ प्रतिशत बढ्यो । होटल तथा पर्यटन १.१३, ब्यापार ०.६९ तथा फाइनान्स समूह ०.१४ प्रतिशत घटे ।

बैंकिङ समूहको सूचक सबैभन्दा धेरै २.९४ प्रतिशत घट्यो । विकास बैंक १.११, हाइड्रोपावर ०.११, लगानी ०.८३, जीवन बीमा १.३०, माइक्रोफाइनान्स १.७१, निर्जीवन बीमा ०.९६ र अन्य समूह ०.७० प्रतिशत घट्यो ।

४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । युनिलिभर नेपाल, कालिन्चोक दर्शन, अपर लोहोरेखोला र भगवती हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । पोखरा फाइनान्सको ८.१७, नारायणी विकास बैंकको ७.६५, नेपाल वेयरहाउजिङ कम्पनी ६.०६ तथा मुक्तिनाथ कृषि कम्पनीको मूल्य ५.८५ प्रतिशत बढ्यो ।

बुद्धभूमि हाइड्रोपावरको ९.४१, बाराही हाइड्रोपावर ६.४६, एनएमबी बैंक ६.३५, मानुषी लघुवित्तको ५.८३ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा पोखरा फाइनान्स, सीईडीबी हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button