Main
बागमती नदी किनारमा मृत भेटिए एक पुरुष
१ साउन, काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकामा एक पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार दक्षिणकाली नगरपालिका-७ मन्जलस्थित बागमती खोला किनारमा अन्दाजी ५५ वर्षीय पुरूष बिहीबार मृत फेला परेका हुन् । प्रहरीका अनुसार उनको हाल नाम, थर र वतन खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।