Main
बागमतीमा प्रदेशसभामा विशेषाधिकार समिति गठन

४ जेठ, हेटाैंडा । बागमती प्रदेशसभा बैठकले विशेषाधिकार समिति गठन गरेकाे छ ।
शनिबार बसेकाे प्रदेशसभा बैठकले प्रदेशसभा नियमावली, २०७४ ले व्यवस्था गरेअनुसार विशेषाधिकार समिति गठन भएकाे हाे । माओवादी केन्द्रका सांसद रत्नप्रसाद ढकालकाे प्रस्ताव र सबै दलकाे समर्थनमा सभामुख भुवनकुमार पाठकले समिति सदस्य मनाेनयन गरेका छन् ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात दलमध्ये पाँच वटा दलबीच संसदीय समितिकाे सभापतिमा भागबण्डा मिलाउन शुक्रबार दलीय सहमतिअनुसार विशेषाधिकार समिति थप्ने निर्णय भएकाे थियाे ।
समिति सभापतिमा नेकपा एकीकृत समाजवादीबाट माया देवी शर्माले मात्र उम्मेदवारी दिने तयारी छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।