Main

बृहत् जनकपुरको अतिक्रमित ९ हजार बिघा जग्गाको अपरेशन सुरु गछौं : गृहमन्त्री लामिछाने

३२ जेठ, काठमाडौं । उपप्रधान एंव गृहमन्त्री रवि लामिछानेले बृहत जनकपुरको ९ हजार बिघा जग्गा अतिक्रमित भएको बताउँदै कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

शुक्रबार गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनको अन्त्यमा बोल्दै लामिछानेले केही दिनमै ९ हजार बिघा जग्गा अतिक्रमणविरुद्ध प्रहरीले अपरेशन सुरु गर्ने बताएका हुन् ।

‘जाँदाजाँदै तपाईंहरुलाई एउटा कुरा जानकारी गराऔं । बृहत जनकपुरको ९ हजार बिघा जग्गा अतिक्रमण भएको पाइएको छ । यसविरुद्ध केही दिनमै बिग अपरेशन प्रहरीले गर्दैछ’ लामिछानेले भने ।

यसैगरी आफूले मन्त्रालय सम्हालेको १०० दिनमा अतिक्रमण भएका ६३३ बिघा ७ कट्टा १३ धुरा जग्गा सरकारको साविककै अवस्थामा ल्याइएको बताए । अन्य ठाउँहरुका सार्वजनिक जग्गाहरु समेत खोजी गरेर सरकारकै नाममा ल्याउने काम भइरहेको पनि उनले बताए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button