मन्त्रीहरुलाई ओलीको सल्लाह : फिल्ममा देखाउने चटक काम लाग्दैन

२९ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरुलाई जनताले देखिने गरी काम गर्न निर्देशन दिएका छन् । तर फिल्ममा जस्तो चटक नगर्न सचेत गराएका छन् ।
एमाले संसदीय दलको मंगलबार बसेको बैठकमा एमाले अध्यक्ष ओलीले अपारदर्शी र भ्रष्ट क्रियाकलाप नगर्न मन्त्रीहरुलाई निर्देशन दिए । साथै अन्धाधुन्ध हिँडेर दिन काट्ने मात्र नगर्न आग्रह गर्दै उनले भने, ‘हामीले एक दिनको मूख्यमन्त्री भने जस्तो फिल्म बनाउँदै छैनौं, समाज परिर्वतन गर्दैछौं । फिल्ममा देखाउने चटक यहाँ काम लाग्दैन ।’
उनले योजनावद्ध रुपमा काम गर्न निर्देशन दिए । सुत्ने बेलामा सुत्नुपर्ने र कम गर्नुपर्ने बेलामा काम गर्नुपर्ने भन्दै उनले भने, ‘अहिले यतिबेला म जुन काम गर्दैछु, मेरो समय यसै काममा यसरी बित्न सही छ भनेर सोच्ने गर्नुस् ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।