Main

माइतीघर जहाँ लोकतन्त्रले श्वास फेर्छ (तस्वीरहरु)

१६ माघ, काठमाडौं । माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै नेपाल विद्यार्थी संघले फोटो प्रदर्शनी गरेको छ ।

प्रदर्शनीलाई ‘सरकारलाई माइतीघर चिनाउने एक प्रयत्न’ नाम दिइएको छ । ‘माइतीघर जहाँ लोकतन्त्रले श्वास फेर्छ’ नारा सहित संघका नेता कार्यकर्ताले माइतीघरमा फोटो प्रदर्शन गरेका हुन् ।

सोही स्थानमा यस अघि निषेधाज्ञा हटाउन माग गरेको संघका कार्यकर्ताले मंगलबार फोटो प्रदर्शनी गरेका हुन् । नागरिक स्वतन्त्रताका पक्षमा विगतमा माइतीघरमा भएका फोटोहरु प्रदर्शनीमा राखिएको थियो  ।

आफ्नो माग शान्तिपूर्ण रुपमा राख्न पाइने अधिकारको हनन भएकाले सरकारको ध्यानाकर्षण गर्न फोटो प्रदर्शनी गरिएको नेविसंघका केन्द्रीय सदस्य पवन आचार्यले जानकारी दिए ।

सरकारले मंसिरको पहिलो सातादेखि माइतीघरलाई निषेधाज्ञा क्षेत्र घोषणा गरेको थियो ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

 

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button