Main

माइतीघरमा प्रदर्शन गर्ने नेविसंघका कार्यकर्ता पक्राउ (तस्वीरहरू)

७ माघ, काठमाडौं । माइतीघरको निषेधाज्ञा खारेजीको माग गर्दै विरोधमा उत्रेका नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताले प्रहरीले नियन्त्रणमा लिएको छ ।

माइतीघरमा प्रदर्शन गरेका संघका दर्जन बढी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको केन्द्रीय सदस्य सुवास पौडेलले जानकारी दिए । प्रहरीले नियन्त्रण लिएकाहरुलाई प्रहरी पुलिस क्लब प्रदर्शनी मार्गमा राखिएको छ ।

लोकतन्त्रमा सिभिक स्पेस्को सङ्कुचन गर्न नहुने माग सहित हुनेहरु विरोध गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लक्षित ‘हामी पनि यहाँ छौ’ भन्दै संघले विरोध गरेको थियो । माइतीघर मण्डला स्थान मात्रै नभई अभिव्यक्ति स्वतन्त्रता र नागरिक स्पेस भएको उनीहरुले प्लाकार्ड मार्फत जनाएका थिए ।

स्वेच्छाचारी विरुद्ध एवं न्यायका पक्षमा आवाज उठाउने साझा थलोको निषेधाज्ञा हटाउनुपर्ने माग सहित विरोध गरेको संघका नेविसंघ केन्द्रीय सदस्य पवन आचार्यले जानकारी गराए ।

माइतीघर खुला हुनुपर्ने माग सहित विरोधमा उत्रनेहरुमा महामन्त्री गगन थापा निकटका हुन् ।

थापा निकटका संघका नेताहरुले यसअघि विश्वविद्यालयको उपकुलपति खुला आवदेनबाट नियुक्त गर्र्दै विभिन्न कार्यक्रम गरेका थिए ।

हेर्नुहोस् तस्वीरहरू :

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button