‘मोबाइल फ्रेन्डली’ छैन सेयर कारोबार
२७ असोज, काठमाडौं । मोबाइल फोनबाटै सेयर कारोबार गर्न अन्य देशमा सजिला एप उपलब्ध छन् । भारतमा पनि मोबाइलबाट कारोबार गर्न दर्जनौं एप छन् ।
पेटीएम मनी, जेरोधा काइट, एन्जेल वान, ग्रो एप, ५पैसा भारतमा कारोबारका मुख्य एप हुन् । जुन एप आफूलाई सजिलो हुन्छ, त्यही छानेर लगानीकर्ताले कारोबार गर्न सक्छन् ।
भारतमा मात्रै नभई विश्वका हरेक बजारमा एपमार्फत सजिलैसँग सेयर कारोबार हुन्छ । कतिपयलाई वेभ भर्सनभन्दा एप सहज हुने गरेको छ ।
नेपालमा भने बल्लतल्ल सेयर कारोबारका लागि एउटा एप सञ्चालनमा आएको छ, त्यो पनि सेक्योर्ड सेक्युरिटिज (ब्रोकर नम्बर ३६) का ग्राहकलाई मात्र । उक्त ब्रोकर मार्फत कारोबार गर्नेका लागि ‘एट्र्याड डीजी ट्रेड नेपाल’ नामक एप सञ्चालनमा आएको हो ।
अरू सबै ब्रोकर कम्पनीका ग्राहकले मोबाइलबाट खरिद गर्दा वेब भर्सन नै प्रयोग गर्नुपर्ने बाध्यता छ । कारोबार भइसकेपछि विभिन्न नाममा तिर्नुपर्ने शुल्क उच्च छ । ब्रोकर कमिसन तथा धितोपत्र बोर्डको कमिसन बाहेक डीपी शुल्कबापत प्रतिकम्पनी कारोबार २५ रुपैयाँ शुल्क लाग्दै आएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।