Main

म्यानचेष्टर सिटी दोस्रो स्थानमा

१४ वैशाख, काठमाडौं । प्रिमियर लिगमा फिल फोडेनको दुई गोल मद्दतमा म्यानचेस्टर सिटीले ब्राइटनलाई ४-० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लेको छ ।

सिटीले लिभरपुललाई पछि पार्दै शीर्ष स्थानको आर्सनललाई पछ्याइरहेको छ ।

सिटीको ३३ खेलबाट ७६ अंक भएको छ । ३४ खेल खेलेको आर्सनल ७७ अंकसहित शीर्ष स्थानमा छ भने ३४ नै खेल खेलेको लिभरपुलको ७४ अंक छ ।

सिटीले अझै एक खेल कम खेलेकोले सिटीलाई त्यसको फाइदा हुनेछ ।

ब्राइटनको घरेलु मैदानमा भएको खेलमा केभिन डे ब्रुएनाले १७औं मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

फोडेनले २६औं र ३४औं मिनेटमा गोल गरेपछि सिटीले पहिलो हाफमै ३-० को अग्रता बनाएको थियो ।

जुलियन अल्भारेजले ६२औं मिनेटमा सिटीका लागि चौथो गोल गरे ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button