यस्तो छ आजको विदेशी मुद्रको विनिमयदर
काठमाडौ। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। आज अमेरिकी डलर संगै युरोको भाउ स्थिर रहेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम गरिएको छ।
आज यूरोपियन युरो एकको खरिदमूल्य १५५ रूपैयाँ ०३ पैसा र बिक्रीमूल्य १५५ रूपैयाँ ७१ पैसा तोकिएको छ। यसअघि शनिबार पनि सोही मूल्यमा यसको खरिदबिक्री भएको थियो।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १८० रूपैयाँ ९६ पैसा र बिक्रीदर १८१ रूपैयाँ ७६ कायम गरिएको छ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रूपैयाँ २७ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ३८ पैसा र बिक्रीमा ९८ रूपैयाँ ८१ पैसा कायम गरिएको छ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ५८ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ६२ पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६६ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५७ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६२ पैसा कायम गरेको जनाइएको छ।
यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ३९ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ५६ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३३ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४९ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शनिबार ३० रूपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ०२ पैसा कायम गरेको छ।
साथै, कुवेती दिनार एकको खरिददर ४४४ रूपैयाँ ५४ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ५० पैसा र बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३६३ रूपैयाँ २० पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।