Main

यस्तो रह्यो भक्तराज आचार्यको बायोपिक फिल्म ‘आचार्य’को प्रिमियर (तस्वीर)

काठमाडौं । शुक्रबारदेखि पुन: प्रदर्शनको तयारीमा रहेको भजन शिरोमणि भक्तराज आचार्यको जीवनमा आधारित फिल्म ‘आचार्य’को बिहीबार बेलुका काठमाडौंमा प्रिमियर गरिएको छ ।

कमलपोखरीस्थित बिग मुभिजमा आयोजित प्रिमियर समारोहमा सेलिब्रेटी, सञ्चारकर्मी र राजनीतिक दलका नेताहरु सहभागी रहे ।

प्रिमियरमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा,राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम, संगीतकार शम्भुजीत बास्कोटा, संगीतकार चेतन सापकोटा, गायकहरु ओमविक्रम विष्ट, यम बराल, नवीन के भट्टराई, धीरज राई, गायिकाहरु मीरा राणा, आनी छोइङ डोल्मा,निशा देसार, प्राश्ना शाक्य, अभिनेता सुनिल थापा, साहित्यसका विप्लव प्रतीक, भूपेन्द्र खड्का लगायतले फिल्म हेरे ।

१३ वर्षअघि नै निर्माण भएर प्रदर्शन भएको फिल्मलाई भक्तराज आचार्यप्रति श्रद्धाञ्जली अर्पण गर्ने उद्देश्यले सिल्क रोड पिक्चर्सले पुनः प्रदर्शन गर्न लागेको हो । नयाँ संस्करणमा भक्तराजको निधनपछिका  केही दृश्यसमेत थप गरिएको छ ।

प्रशान्त रसाइलीले निर्देशन गरेको फिल्ममा उनका जेठा छोरा सत्यराजले भक्तराज आचार्यको भूमिका निर्वाह गरेका छन् । फिल्ममा अरुणा कार्की, सुनील पोखरेल, सौगात मल्ल, दयाहाङ राई र विपिन कार्कीले समेत अभिनय गरेका छन् ।

निर्माता रोशन राई हुन् भने फिल्मलाई देवजंग थापाले पुनः सम्पादन गरेका छन् ।

तस्वीरहरु

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button