Main

यू-१९ विश्वकप : नेपालका कप्तानले जीवनदानको फाइदा उठाउन सकेनन्

७ माघ, काठमाडौं । नेपालका कप्तान देव खनाल आईसीसी यू–१९ विश्वकप २०२४ मा न्युजिल्यान्डविरुद्ध आउट भएका छन् ।

न्युजिल्यान्डका कप्तान ओस्कर ज्याक्सनको बलमा देव खनाल मिडअनमा मासन क्लार्कबाट क्याच आउट भएका हुन् ।

देवले ३४ बलमा ५ चौका र १ छक्का हाने । तेस्रो विकेटका लागि देव र अर्जुन कुमालले ६२ बलमा ५९ रनको साझेदारी गरेका थिए ।

कप्तान देव खनालले पनि १७ रनमा जीवनदान पाएका थिए । तीव्र गतिका बलर एवाल्डको बलमा आउट साइड एज लागेर फस्ट स्लिपमा न्युजिल्यान्डका फिल्डरले क्याच छाड्न पुगेका थिए ।तर त्यो जीवनदानको फाइदा भरपूर्ण उठाउन सकेनन् ।

अर्जुन कुमालले ब्यक्तिगत १४ रनमा जीवनदान पाएका थिए । आठौं ओभरको चौथो बलमा फाइन लेगमा न्युजिल्यान्डका खेलाडीले क्याच छाड्न पुगेका थिए । सर्ट बल पुल खेल्ने धुनमा उक्त जीवनदान पाएका थिए ।

जितको लागि ३०३ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा ४ विकेट गुमाउँदै ८२ रन बनाएको छ । अर्जुन कुमाल ४८ बलमा ५ चौकासहित ३४ रनमा खेलेका छन् । उत्तम थापा मगर एज लागेर १७ औं ओभरको अन्तिम बलमा शून्यमा आउट भए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button