Main
रविलाई अदालत उपस्थित गराइयो
७ पुस, काठमाडौं । सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ । उनीविरुद्ध आज मुद्दा दर्ता गर्ने तयारी भइरहेकाले उनलाई अदालतमा उपस्थित गराइएको हो । जिल्ला अदालत कास्की स्रोतले रविलाई उपस्थित गराइए पनि अभियोजनपत्र प्राप्त नभइसकेको जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।