Main

रास्वपाको कारबाही अवैधानिक भन्दै मुकुल दिए आयोगमा निवेदन

काठमाडौं। डा. मुकुल ढकालले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगमा निवेदन दिएका छन्।

ढकालले आयोगमा निवेदन दिँदै रास्वपाले आफूलाई पदबाट हटाएको पत्र अहिलेसम्म नपाएको र राजनीतिक दलसम्बन्धी ऐनअनुसार आयोगमा पार्टीको विवरण अद्यावधिक नगर्न आग्रह गरेका हुन्।

उनले आफूलाई सफाइको अवसर नै नदिएर पदबाट हटाइएको जिकिर गरेका छन्।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button