Main

रुसी फिल्म फेस्टिभल ‘मेसेज टु म्यान’को जुरी प्रमुखमा मीन भाम

काठमाडौं । नेपाली फिल्म निर्देशक मीनबहादुर भाम रुसको सेन्ट पिटर्सबर्गमा आयोजित ‘मेसेज टु म्यान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल २०२४’ को जुरी प्रमुख चुनिएका छन् ।

रुसको सबैभन्दा पुरानो र प्रतिष्ठित मानिने यो फेस्टिभलको ३४ औं संस्करण आइतबारदेखि सुरु भएको छ । फेस्टिभलका अन्य जुरीमा लोकार्नो फिल्म फेस्टिमलका प्रोग्रामर, अर्जेन्टिना र टर्कीका दुई फिल्म निर्माता र रुसका एक कस्ट्युम डिजाइनर छन् ।

‘उहाँहरुले बर्लिनमा शाम्बाला हेर्नुभएको रहेछ । त्यसपछि अनौपचारिक रुपमा खबर गर्नुभएको थियो । मलाई जुरी प्रमुखको रुपमा छनोट गरेको दुई महिना भयो’ भामले सेन्ट पिटर्सबर्गबाट अनलाइनखबरसँग भने ।

आफू रुसको पुरानो र प्रतिष्ठित फेस्टिभलमा नियुक्त हुनुलाई आफूले नेपाली फिल्मको बजार विस्तार र विश्व सिनेमामा नेपाली फिल्मको दायरा फराकिलो भएको अर्थमा बुझेको भामले बताए ।

‘कालोपोथीपछि मैले यो अवसर पाएको थिइन । यसपटक शाम्बालाले त्यो अवसर दिएको छ । खुसी छु’ उनले भने ।

जुरी प्रमुख भाम र फेस्टिभल प्रमुख एवं रुसका प्रसिद्ध फिल्ममेकर अलेक्जइ उचिटेलले संयुक्त रुपमा फेस्टिभलको उद्घाटन गरेका थिए । यस वर्षको फेस्टिभलमा ३० मुलुकका ७८ फिल्म छनोट भएका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button