Main

लोक दोहोरी गीत ‘चरी वनमा’ सार्वजनिक

काठमाडौं । नकुल थापा, विष्णु थापा, राधिका गिरी र शान्ति पोखरेलको स्वरमा नयाँ लोकदोहोरी गीत ‘चरी वनमा’ सार्वजनिक भएको छ ।

राधिका र शान्तिको संयुक्त प्रस्तुतिमा तयार भएको गीतमा गायक नकुल थापाको लय तथा विष्णुको शब्द रचना छ । लोक लयमा बुनिएको १८ मिनेट लामो दोहोरी गीत राजधानीको धर्मस्थलीका विभिन्न आकर्षक स्थान र सेटमा छायांकन गरिएको छ ।

लाइभ दोहोरी शैलीमा निर्माण गरिएको रमाइलो भिडियोमा मोडलहरु चन्द्रकुमार श्रेष्ठ र कौशिला कार्कीका साथमा बाल कलाकारहरु निश्चलजंग थापा र गृष्मा थापा मगरको नृत्य तथा अभिनय छ ।

भिडियोमा गायक गायिकालाई पनि लाईभ दोहोरी शैलीमा फिचर्ड गरिएको छ । हुम गैरेको निर्देशन र सम्पादन, विकास भारतीको नृत्य निर्देशन रहेको भिडियोमा डेनिसको छायँंकन छ ।

गायक विष्णु थापाको युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोको दृश्य निर्माण विशाल मूभीले गरेको हो । सिन्धुपाल्चोकका गायक नकुल लामो समयदेखि वैदेशिक रोजगारीमा रहेर गीत संगीतमा सक्रिय छन् भने अर्का गायक विष्णु पनि लोक गीत संगीतमा लामो समयदेखि सक्रिय छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button