Main

विकासको काममा सत्ता र प्रतिपक्षी सँगसँगै हिँड्नुपर्छः अर्थमन्त्री पौडेल

१५ भदौ, काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास निर्माणको काममा सत्ता र प्रतिपक्षी सँगसँगै हिँड्नुपर्ने बताएका छन् ।

गृह जिल्ला रुपन्देही पुगेका अर्थमन्त्री पौडेलले विकासको काममा सँग हिड्न प्रतिपक्षीसँग आग्रह गरेका छन् । ‘जब विकास निर्माणको कामको कुरा आउँछ, सत्ता र प्रतिपक्षी सँगसँगै हिड्नुपर्छ’, अर्थमन्त्री पौडेलले भने ।

बुटवलमा बन्न लागेको १२ सय शय्याको प्रादेशिक अस्पताल शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button