Main

विश्वकप खेल्ने श्रीलंकाको टोली घोषणा

२७ वैशाख, काठमाडौं । नेपालको समूह डी मा रहेको श्रीलंकाले अर्को महिना वेष्टइण्डिज र अमेरिकामा हुने टी-२० विश्वकप खेल्ने १५ सदस्य टोली घोषणा गरेको छ ।

वानिन्दु हसरंगाको कप्तानीमा घोषणा टोलीमा अनुभवी ब्याटर एन्जिलो म्याथ्युज पनि अटाएका छन् । तीव्र गतिका बलर मथिसा पाथिराना, विकेटकपर कुशल मेन्डिस र चरिथ असलंका जस्ता खेलाडी श्रीलंकाको टोलीमा छन् ।

श्रीलंकाले सन् २०१४ को टी–२० विश्वकप फाइनलमा भारतलाई हराउँदै उपाधि जितेको थियो । त्यसपछि भने विश्वकपमा श्रीलंकाको प्रदर्शन राम्रो छैन । समूह डी मा नेपाल, श्रीलंका, नेदरल्यान्ड्स, बंगलादेश र दक्षिण अफ्रिका छन् । श्रीलंकाले ३ जुनमा दक्षिण अफ्रिकासँग खेल्दै सुरुवात गर्नेछ । श्रीलंकाले नेपालसँग १२ जुनमा खेल्नेछ ।

श्रीलंकाको टोली :

वानिन्दु हसरंगा (कप्तान), चरिथ असलंका (उपकप्तान), कुशल मेन्डिस, पाथुम निसंका, कामिन्दु मेन्डिस, सदिरा समाराविक्रमा, एन्जिलो म्याथ्युज, दासुन शानका, धनन्जय डि सिल्भा, महेश थिक्सेना, दुनिथ वेलालागे, दुश्मन्था चामिरा, मथिसा पाथिराना, नुवान थुशरा र दिलशान मदुशानका ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button