Main

शुक्रबारदेखि काठमाडौंमा आँप महोत्सव

काठमाडौं । प्रथम नेपाल आँप फेस्ट-२०८१ शुक्रबारदेखि काठमाडौंमा हुने भएको छ । किसान भेञ्चर र काठमाडौं अर्गानिक्सको संयुक्त आयोजनामा आँप फेस्ट आइतबारसम्म चल्नेछ ।

नेपाली आँपको प्रचलन बढाउनु, नेपाली किसानलाई प्रोत्साहित गर्नु र उपभोक्तालाई विषादीरहित स्वास्थ्य आँपको पहुँच पुर्‍याउनु फेस्टको उद्देश्य रहेको आयोजकले जनाएको छ । सर्लाही, सप्तरी र सिराहाका ५० जना किसानबाट आँप ल्याएर फेस्ट आयोजना गर्न लागिएको हो ।

फेस्टमा प्राकृतिक रूपमा पाकेका वा पकाइएका मालदह, जर्दा, बमोइ, गुलाब खास, अम्रपाली, कलकत्तिया, दसहरी लगायत १५ भेराइटीका आँपहरू उपलब्ध हुनेछन् ।

फेस्टको उद्घाटन पानीपोखरी स्थित वालनट बिस्ट्रोमा हुनेछ । काठमाडौं अर्गानिक्स, उत्पला क्याफे र द गार्डेनमा आँप र आँपबाट बनेका विभिन्न उत्पादनहरू प्रदर्शनी एवं बिक्रीमा राखिने छ । तीनदिने फेस्टमा तीन हजार बढी अवलोकनकर्ताबाट २५ हजारदेखि ३० हजार किलो आँप बिक्री गर्ने लक्ष्य राखिएको छ ।

फेस्टको नारा ‘नेपाली उत्पादनलाई समर्थन गरौं, ताजा र स्वादिलो आँपको आनन्द उठाऔं’ रहेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button