सम्झौताको क्रममा रहेका योजना रोक्न मन्त्रीको निर्देशन

९ चैत, जनकपुरधाम । मधेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत रहेका पूर्वाधार विकास कार्यालयहरूको कामकाज प्रभावित भएको छ ।
आठ वटै जिल्लामा रहेका पूर्वाधार कार्यालयका प्रमुखलाई पूर्वाधारमन्त्री सरोजकुमार यादवले सम्झौता हुने क्रममा रहेका योजना रोक्न मौखिक निर्देशन दिएका हुन् । उनको निर्देशनले सम्झौताको क्रममा रहेका याेजनाकाे काम रोकिएको छ ।
गत सोमबार नेकपा एमाले संसदीय दलका नेता यादव पूर्वाधारमन्त्री नियुक्त भएका थिए । त्यसअघि उक्त मन्त्रालय कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले सम्हालेका थिए ।
‘नेताहरूले योजना किनबेच गरेको सूचना पाएको छु । त्यसैले योजना कसलाई वितरण गरिएको छ, त्यसको रेकर्ड मागेको हुँ,’ मन्त्री यादवले भने ‘अहिले यो विषय निष्पक्ष रुपमा अगाडि बढाइएन भने अपजस ममाथि पर्छ । त्यसैले तत्काललाई रोक्न भनेको हो ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।