Main

सरकारले यसै बर्ष संविधान संसोधन गर्ने

काठमाडौं। सरकारले यसै बर्ष संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्‍मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम बाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन्।

नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार संविधानको समीक्षा गर्ने र कमजोरीलाईलाई सच्याउन सहमतिका आधारमा संशोधनको प्रक्रिया अघि यसै बर्ष अघि बढाउने भएको हो।

‘संविधानको समीक्षा गर्ने, यसका सवल पक्षलाई सुदृढ गर्ने,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरी सच्याउन सहमतिको आधारमा संशोधनको प्रक्रिया अघि बढाउने।’

सरकारको नीति तथा कार्यक्रम बाचन जारी रहेको छ।

– यस समाचारको श्रोत : देश – PrawasKhabar हो ।

Related Articles

Back to top button