Main

सूर्योदय वोमी लघुवित्तको एफपीओ खुल्यो

४ साउन, काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शुक्रबारदेखि एफपीओ निष्कासन खुला भएको छ । सर्वसाधारणका लागि कम्पनीले एफपीओ जारी गरेको हो। इच्छुक सर्वसाधारणले साउन ८ गतेसम्म यसमा आवेदन दिन सक्नेछन् ।

सूर्योदय र वोमी लघुवित्त एकआपसमा गाभिएर बनेको यस संस्थाको सर्वसाधारण समूहतर्फ ३० प्रतिशत सेयर नपुगेपछि एफपीओ जारी हुन लागेको हो । संस्थाले ४६ लाख ७२ हजार ९५४ कित्ता एफपीओ निष्कासन गर्दैछ ।

अंकित मूल्य १०० रुपैयाँमै कम्पनीले सर्वसाधारणलाई एफपीओ जारी गर्ने भएको हो । यसको बिक्री प्रवन्धकमा कुमारी क्यापिटल रहेको छ । न्यूनतम १० कित्ता तथा अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको चालु आर्थिक वर्षमा गत चैत मसान्तसम्म प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ३८ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३६ पैसा छ भने सञ्चित नाफा १७ करोड ५५ लाख रुपैयाँ छ ।

बनेपामा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले एफपीओ निष्कासनका लागि केयर रेटिङबाट बीबी रेटिङ पाएको छ । राष्ट्र बैंकबाट घ वर्गको इजाजत पाएको संस्थाका १९२ शाखा कार्यालय संचालनमा छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button